माहाकाली नगरपालिकाले कोरोना नियन्त्रणमा गरिएको खर्चमा अनियमितताको छैन्
माहाकाली नगरपालिकाले कोरोना नियन्त्रणका लागि भएको खर्चमा कुनै अनियमिता नभएको जिकिर गरेका छन् । कोरोना भाइरस संक्रमण तथा रोकथामको खर्च सार्वजनिक नहुदै कार्यालयका कर्मचारीबाट खर्च बिबरण संचार माध्यममा सार्वजनिक भएको कारण अनियमिताको हल्ला चुलिएको बताईएको छ् । कोभिड १९ रोकथाम तथा नियन्त्रणको बेला माहाकाली नगरपालिका तथा अन्यपालिकाका नेपाली नागरिक आउदा उनिहरुलाई खान तथा बस्न तथा यातायात गर्दा अन्य पालिका भन्दा बढी लागेको पक्का भएको माहाकाली नगरपालिकाले आफ्नो बिज्ञप्ती मार्फत जनाएको छ् । र्यापीड टेष्ट पोजिटिभ पछि उनिहरुलाई खान तथा बस्नको ब्यवस्था माहाकाली नगरपालिकाले खर्च गरिएको तथा माहाकाली नगरपालिकाका स्थित रहेको निजी तथा सामुदायिक बिद्यालयहरुलाई क्वारेन्टाईनमा निमार्ण गरिएको हो । कतिपय बिद्यालयमा बिद्युत सेवा बिस्तार नभएको अवस्था समेत थियो । खानेपानी, शौचालय, पंखा लगाएत उनिहरुलाई बिछ्याउने तथा ओड्ने ब्यवस्था समेत गरिएको हो । भारतबाट कोरोना भाइरस संक्रमणको कारण रोजगारी गुमेर आएका माहाकाली नगरपालिका स्थानिय झण्डै ५ हजार बढी रहे भने अन्यपालिकाका हजारौ नेपाली नागरिकहरु माहाकाली नगरपालिकाका खुला सिमा क्षेत्रमा आएका दशगजा क्षेत्रमा खान र बस्न माहाकाली नगरपालिका र स्थानियहरुले गरकै हुन् । केही व्यक्तिहरुले राजनितिक पुर्वाग्रही भएर सरकारमा रहेकाहरुलाई बदनाम गर्नुपर्छ भन्ने मनसाय हुन सक्ने मनसाय हुनुक्ने जनप्रतिनिधीको ठहर छ् । कार्यपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भए गरेका खर्च सार्वजनिक गर्ने निर्णय गरेकै छैन् । माहाकाली नगरपालिकाले एक साता भित्र कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागी माहाकाली नगरपालिका कार्यालयले गरेको खर्च बिबरण सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ् । माहाकाली नगरपालिकामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा अनियमिता भएको हल्ला निराधार भएको भन्दै आफुहरुले खर्च बिबरण छानबिन गर्दै गरेको भन्दै दोषी पाईएमा कडा भन्दा कडा कार्वाहीको भागीदारी हुने पक्का भएको जनप्रतिनिधीहरुले बताउदै आएका छन्
Comments
Post a Comment