Posts

Showing posts from August, 2020

दुई लाख शिक्षक तलबबाट वञ्चित

Image
  काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्षकको अवस्था बेहाल भएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइन लगायतका वैकल्पिक माध्यमबाट वैशाखदेखि नै अध्यापन सुरु गरेका छन् तर शिक्षकले काम गरेको तलब भने पाउन सकेका छैनन् । देशभरमा निजी क्षेत्रबाट सञ्चालित सात हजार विद्यालयमा २२ लाखभन्दा बढी विद्यार्थी अध्ययन छन् । संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले संस्थागत विद्यालयका शिक्षकले गत चैतदेखि जेठ महिना सम्मको तलब पाउन नसकेको जानकारी दिए । उनका अनुुसार तीन महिनादेखि तलब नपाउँदा उनीहरूको आर्थिक अवस्था नाजुक भएको छ । उनले ७५ प्रतिशत शिक्षकले चैतको समेत तलब नपाएको बताए । शिक्षक लगायत राष्ट्रसेवकलाई बन्दाबन्दीको समयमा कार्यालय नगए पनि तलब सुविधा दिने सरकारले राजपत्रमै सूचना प्रकाशित गरिसकेको बताए...

आज १६ भाद्र २०७७ मंगलवारकाे राशीफल हेर्नुहोस !

Image
  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मंगल कार्यको योगछ । चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाणीमा लगाम लगाउनु पर्ला, नत्र झुटोबोल्न बाध्य भईनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । छटपटी बढ्नाले मन कमजोर रहला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन...

माहाकाली नगरपालिकाले कोरोना नियन्त्रणमा गरिएको खर्चमा अनियमितताको छैन्

Image
  माहाकाली नगरपालिकाले कोरोना नियन्त्रणका लागि भएको खर्चमा कुनै अनियमिता नभएको जिकिर गरेका छन् । कोरोना भाइरस संक्रमण तथा रोकथामको खर्च सार्वजनिक नहुदै कार्यालयका कर्मचारीबाट खर्च बिबरण संचार माध्यममा सार्वजनिक भएको कारण अनियमिताको हल्ला चुलिएको बताईएको छ् । कोभिड १९ रोकथाम तथा नियन्त्रणको बेला माहाकाली नगरपालिका तथा अन्यपालिकाका नेपाली नागरिक आउदा उनिहरुलाई खान तथा बस्न तथा यातायात गर्दा अन्य पालिका भन्दा बढी लागेको पक्का भएको माहाकाली नगरपालिकाले आफ्नो बिज्ञप्ती मार्फत जनाएको छ् । र्यापीड टेष्ट पोजिटिभ पछि उनिहरुलाई खान तथा बस्नको ब्यवस्था माहाकाली नगरपालिकाले खर्च गरिएको तथा माहाकाली नगरपालिकाका स्थित रहेको निजी तथा सामुदायिक बिद्यालयहरुलाई क्वारेन्टाईनमा निमार्ण गरिएको हो ।  कतिपय बिद्यालयमा बिद्युत सेवा बिस्तार नभएको अवस्था समेत थियो । खानेपानी, शौचालय, पंखा लगाएत उनिहरुलाई बिछ्याउने तथा ओड्ने ब्यवस्था समेत गरिएको हो । भारतबाट कोरोना भाइरस संक्रमणको कारण रोजगारी गुमेर आएका माहाकाली नगरपालिका स्थानिय झण्डै ५ हजार बढी रहे भने अन्यपालिकाका हजारौ नेपाली नागरिकहरु माहाकाली नगर...